Today:

KR:
window.onload = function() { var iframe = document.getElementById("clockFrame"); var innerDoc = iframe.contentDocument || iframe.contentWindow.document; var tableCell = innerDoc.getElementById("c1"); tableCell.style.textAlign = "left"; };

Seoul:
Nepal:
गृहपृष्ठ / परिचय

हाम्रो नारा

“प्रवासी भूमीमा समन्वय, सहकार्य र एकता ! दिगो जीवनस्तर र समाज सेवा हाम्रो प्रतिवद्धता !!"

उमेश कुमार राई

- अध्यक्ष

जिल्लाको पहिचान र इतिहासलाई जीवन्त राखिरहनुमा एकता र ऐक्यवद्धताको ठुलो भुमि रहने गर्दछ जहाँ आम उदयपुर बासिहरु एक ठाउँ उभिएर अगाडि बढ्नेछौँ भन्नेकुरा मेरो ठम्याइ छ ।

नमस्कार, 
सम्पूर्ण उदयपुर बासिहरुमा

उदयपुर जिल्लाको चार नगरपालिका र चार गाउँपालिकाबाट दक्षिण कोरियामा बिभिन्न पेशा व्यवसायमा कार्यरत सम्पूर्ण जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरूसँग जिल्ला बासिहुनुको नाताले एक अर्काप्रतिको चिनजान, आत्मियता र दुख सुख साटासाट सँगै आईपरेका समस्यालाई एकअर्कामा हातेमालो गर्दै सहयोग बढाउने उद्देश्यका साथ हामी पुन एक पटक जागरुक भएर आयका छौ । आगामी दिनहरूमा प्रवासमा रहिरहँदा आइपर्ने हरेक समस्यालाई हामी पारिवारिक समस्या सम्झेर अगाडि बढ्नेछौँ भन्ने कुरालाई ध्यानाकर्षण गराउन चाहन्छु  । हामी जे जति छौ आउँदा दिनहरूमा सबै जना उदयपुर सेवा समाजसँग जोडिएर अगाडि बढ्नमा अमूल्य साथ सहयोग रहनेछ भन्ने कुरामा निक्कैनै आशावादी रहेको छु । जिल्लाको पहिचान र इतिहासलाई जीवन्त राखिरहनुमा एकता र ऐक्यवद्धताको ठुलो भुमि रहने गर्दछ जहाँ आम उदयपुर बासिहरु एक ठाउँ उभिएर अगाडि बढ्नेछौँ भन्नेकुरा मेरो ठम्याइ छ ।  मलाई लाग्छ  दिनानुदिन प्रवास बसाइको बाहुल्यता बढिरहेको छ । आँउदै गर्नु भयका चिनजान छरछिमेक साथी भाइहरूलाई जोड्दै जानको लागि पनि अनुरोध गर्दै आगामी दिनहरूमा यहाहरूको केही समय निकालेर उदयपुर सेवा समाजलाई मध्यनजर गर्दै अगाडि बढ्नु हुनेछ भन्ने कुराको पनि ठुलो अभिलाषा राखिरहेको छु ।    

२०१७ मा उदयपुर सेवा समाज स्थापना गरेर आजको दिनहरूमा हामिले निर्धक्कका साथ बोल्न र चिनजान गर्नमा साथ सहयोग गरिदिनुहुने आदरणीय अग्रज उदयपुर सेवा समाज परिवारप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु ।यहा हरुले देखाउनु भयको बाटोमा बडो इमान्दारिताको साथ अगाडि बढ्नेछौँ । आगामी दिनहरूमा पनि यहाँहरूको साथ सहयोग सल्लाह र हौसलाको ठुलो आशा राख्दछु । सबैले सबै ठाउबाट साथ सहयोग गरिदिनु भयकोमा यहाँहरू सम्पुर्णमा हार्दिक धन्यबाद व्यक्त गर्न चाहन्छु् ।          

२०७३

परिचय

“प्रवासी भूमीमा समन्वय, सहकार्य र एकता ! दिगो जीवनस्तर र समाज सेवा हाम्रो प्रतिवद्धता !!” भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै कोरियामा रहेका उदयपुरे हरुको लामो प्रयास पछिको सानो समुह द्वारा सुरुवात गरिएको यस उदयपुरे सेवा समाज लाई विधिवत रुपमा वैधानिकता प्रदान गर्दै हामी जहाँ जसरी रहेतापनी हाम्रो जन्मभूमी, जन्मेको ठाँउ असाध्यै प्यारो लाग्छ। हामी जुन माटोमा हुर्कियौ त्यहि माटोको लागी केहि गर्नु हाम्रो सामुहिक कर्तब्य हो। यहि विचारलाई पुष्टि गर्नका लागि कोरियामा रहेका उदयपुरेहरुले सन् २०१७ मा उदयपुरे हरुको साझा संस्था उदयपुर सेवा समाजू दक्षिण कोरियाको स्थापना भएको हो ।
व्यक्तिबाट समुह बन्छ समुहबाट समाज हुँदै राष्ट्र बन्छ । यसै प्रकृयाद्वारा पुरा देशको दिशानिर्देश हुन्छ । यस्तै सोच का साथ प्रवासमा रहेर पनी सम्पुर्ण उदयपुरेहरुलाई गोल बन्द गर्दै एक अर्कामा आईपर्ने सुख(दुःख, आपतविपत हरुमा साथ सहयोग गर्दै जिल्लाको सामाजिक सेवामा साथ सहयोग र सामुहिक लगानीमा पनि मिलेर आफ्‌नो जिल्लामा केहि उदारणीय कार्य गर्न सकुन भन्ने उद्देश्यका साथ उदयपुर सेवा समाज दक्षिण कोरियाको गठन भएको हो ।
उदयपुर जिल्लाबाट विभिन्न पेशा ब्यवसाय मार्फत दक्षिण कोरियामा प्रबेश गर्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुको साझा समन्वय, सहकार्य र एकतामा विविन्न कार्यक्रमहरु संञ्चालन गरि कोरियामा बसोवासको क्रममा जतिपनि आईपर्ने समस्याहरुको मिलेर समाधान गर्न सहयोग गदै आफ्नो देश मा आईपर्ने आपतकालिन अवस्थाहरुलाई राहत स्वरुप संस्थाले सहयोग गर्दै आईरहेको छ ।

जितन राई

- महासचिव

बिभिन्न पेशा र व्यवसाय मार्फत कोरिया रहनुहुने सम्पूर्ण उदयपुरे जिल्लावासी हरूलाई हामी सबैको साझा संस्थामा जोडिएर सहज वातावरण निर्माण गर्न तपाई हामी सम्पूर्णको दायित्व र जिम्मेवारी हो तसर्थ तपाई सम्पूर्णमा हार्दिक अनुरोध पनि गर्न चाहन्छु ।

सम्पुर्णमा नमस्कार!
प्रवासी भूमिमा दिगो र सहज जीवनस्तर बनाउन सहयोग गर्ने र सामाजिक क्षेत्रमा सेवा गर्ने चाहना अनुरूप गठन गरिएको एउटा संस्था हो उदयपुर सेवा समाज । उदयपुर जिल्लाको बिभिन्न भेगहरुबाट बिभिन्न पेशा व्यवसाय मार्फत दक्षिण कोरिया प्रवेश गर्नुहुने सम्पूर्ण उदयपुरेहरुको साझा समन्वय, सहकार्य र एकताको सानो समुह मार्फत सन् २०१७ मा विधिवत रुपमा स्थापना भएको हो । यस संस्थाले सुरुवाती दिनहरूमा बडो कष्टकर चरणहरू सँग सामना गर्दै सम्पूर्ण उदयपुरवासीलाई समेटेर एउटा गोलबद्ध बनाउन सफल भएको छ । संस्थाको स्थापनाको समय देखिनै कोरियाको बसाइ सहज पार्न सहजिकरण गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरि नेपालमा गरिब, विपन्न, असहाय व्यक्ति, समुदायहरूलाई राहत स्वरुप सहयोग गर्दै सामाजिक कार्य पनि गर्दै आईरहेको छ । विशेषगरी कोरियामा रहनुहुने सम्पूर्ण उदयपुरे हरूलाई कोरिया बसाइ अवधिभर आइपर्ने कुनैपनि समस्या, अप्ठ्याराहरूमाझ आवश्यक सहयोग जुटाउने र सहयोग गर्ने लक्ष्य रहेको छ । यस संस्थाको स्थापनाकाल पश्चात केही समय कोरोना महामारीको कारण र विभिन्न प्राविधिक समस्याको कारण संस्थाको आधिकारिक कामकाज साथै आवश्यक गतिविधिहरू आंशिक रुममा रोकिन गएता पनि अब पुनः नयाँ कार्यसमिति पुनर्गठन भई नयाँ जोस र जागर सहित सम्पूर्ण कार्यक्रमहरू र संस्थाको आधिकारिक गतिविधिहरू सञ्चालन भएको पनि जानकारी गराउन चाहन्छु । बिभिन्न पेशा र व्यवसाय मार्फत कोरिया रहनुहुने सम्पूर्ण उदयपुरे जिल्लावासी हरूलाई हामी सबैको साझा संस्थामा जोडिएर एकअर्काको दुख, सुखहरु आदान प्रदान गर्दै एकआपसमा आइपर्ने समस्याहरू मिलेर समाधान गर्न र कोरिया बसाइ अवधिभर सहज वातावरण निर्माण गर्न तपाई हामी सम्पूर्णको दायित्व र जिम्मेवारी हो तसर्थ तपाई सम्पूर्णमा हार्दिक अनुरोध पनि गर्न चाहन्छु । यस संस्थाको स्थापना समय देखि अहिले सम्म निरन्तर आफ्नो समय खर्चेर संस्थालाई बचाइरहन हरपल साथ र सहयोग गर्नुहुने संस्थापक समिति, वर्तमान कार्यसमिति, संरक्षक, सल्लाहकार साथै सम्पूर्ण उदयपुरेहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै आगामी दिनहरूमा अझ संस्थालाई मजबुत बनाई अगाडि लान तपाईँहरूको साथ सहयोगको भरपुर अपेक्षा राख्दछु ।
धन्यबाद ।

people holding banners

मिसन

सम्पुर्ण उदयपुरेहरुलाई गोल बन्द गर्दै एक अर्कामा आईपर्ने सुख-दुःख, आपतविपत हरुमा साथ सहयोग गर्दैजिल्लाको सामाजिक सेवामा साथ सहयोग र सामुहिक लगानीमा पनि मिलेर आफ्‌नो जिल्लामा केहि उदारणीय कार्य गर्न सकुन भन्ने उद्देश्य

उद्देश्य

सम्पुर्ण उदयपुरेहरुलाई गोल बन्द गर्दै एक अर्कामा आईपर्ने सुख-दुःख, आपतविपत हरुमा साथ सहयोग गर्दै जिल्लाको सामाजिक सेवामा साथ सहयोग र सामुहिक लगानीमा पनि मिलेर आफ्‌नो जिल्लामा केहि उदारणीय कार्य गर्न सकुन भन्ने उद्देश्य

Invitation